पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पाेखरा | कात्तिक २९, २०८०

पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पोखरा:   होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।
 

दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो । 

 

संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए । 

 

उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।

 

 

भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए  ।

 

उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए । 

 

पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए । 

 

हेर्नुहोस् तस्बिर:

 

 

 

 

 

 

 

 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्